Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/493
Title: मदनमणि दीक्षितका उपन्यासको विधाताति्वक अध्ययन
Authors: गैरे, ईश्वरीप्रसाद
Keywords: मदनमणि दीक्षित
नेपाली साहित्यका कथा, निबन्ध, प्रबन्ध, यात्रा, संस्मरण, जीवनी र उपन्यास
Issue Date: 24-Mar-2019
Abstract: मदनमणि दीक्षित नेपाली साहित्यका कथा, निबन्ध, प्रबन्ध, यात्रा, संस्मरण, जीवनी र उपन्यास जस्ता बहुविध विधाका बहुमुखी साहित्यिक प्रतिभाका रूपमा चर्चित छन् । साहित्यकारका रूपमा मदनमणि दीक्षित २०१८ सालको ‘आखिरी मुस्कान’ कथाबाट साहित्यका क्षेत्रमा कथा यात्रा थालनी गर्दै २०२२ सालको कस्ले जित्यो कस्ले हा¥यो, २०४२ सालको ग्यास च्याम्बरको मृत्यु, २०५१ सालको जेण्डा कथा संग्रह गरी नेपाली कथा साहित्यमा स्थापित प्रतिष्ठित एवं चर्चित बन्न पुगेका छन् । निबन्ध यात्राकाक्रममा २०४२ सालको चरैवेति निबन्ध सङ्ग्रहदेखि २०२९ सालको मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ जस्ता सङ्ग्रह एवं पत्रपत्रिकामा छरिएर रहेका आधा दर्जन जति निबन्धहरू छन् । प्रबन्धकारका रूपमा २०४० सालको टु वर्डस् मेगा हिरोशिमा, २०४२ सालको सीता र द्रौपदी २०४९ सालको गार्गी जस्ता कृतिमार्फत प्रबन्ध यात्रा प्रतिष्ठित एवं चर्चित बनाउन पुगेका छन् । यस्तै जीवनीकारका रूपमा २०४१ सालको हाम्रा ती दिन र २०५५ सालको आनन्दमय आकाश एवं २०६२ सालको महाभियान मार्फत जीवनी यात्रा गर्ने प्रतिभाका रूपमा मुखरित भएका छन् । साथै संसमरणकारका रूपमा वर्लिन डायरीका पाना जस्ता कृति लेख्ने मदनमणि यस रूपमा समेत सफल एवं सबल बन्न्न पुगेका पाइन्छन् । उपन्यासकारका रूपमा २०३९ सालको माधवी, २०५१ सालको त्रिदेवी र २०५८ सालको भूमिसूक्त मार्फत उपन्यास यात्रा गर्ने उनी नेपाली साहित्यका अनेकन विधामा कलम चलाए पनि उपन्यासकारका रूपमा सबभन्दा प्रतिष्ठित चर्चित एवं स्थापित हुँदै सर्वाेत्कृष्ट उपन्यासकार बन्न पुगेका छन् । आफ्नो साहित्य यात्राकै क्रममा उपन्यास लेखन यात्रामै सर्वाधिक सफल मदनमणि दीक्षितको यो यात्राको सन्दर्भमा उपन्यासको विधाताइिभ्वक अध्ययन एक उल्लेख्य र महइभ्वपूर्ण सिर्जन कार्य भएको छ । यसर्थ यस सन्दर्भमा दीक्षितको उपन्यासको विधाताइिभ्वक अध्ययन के कस्तो छ त्यसको समग्र पक्षको सैद्धान्तिक विश्लेषण एवं निष्कर्ष निर्णय प्रस्तुत गर्नु यस शोधकार्यको आफ्नो कार्यकलाप भएको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/493
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
COVER PAGE.pdf259.9 kBAdobe PDFThumbnail
View/Open
FINAL.pdf2.41 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.