Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/495
Title: अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन
Authors: उपाध्याय, खगेन्द्र प्रसाद
Keywords: अछामी भाषका
नेपाली भाषा
Issue Date: 28-Mar-2019
Abstract: देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषाको प्रयोग सर्व प्रथम तत्कालीन कर्णाली प्रदेशमा भयो र क्रमशः चारैतिर फैलिँदै गयो । आज नेपाली भाषा नेपालका अतिरिक्त भारत, भुटान लगायत विश्वका विभिन्न मुलुकमा बोलिँदै आएको छ । यस भाषामा वाङ्मयका विविध विधाहरुको अभिव्यक्ति भएको पाइन्छ । प्रस्तुत शोधकार्यमा नेपाली भाषाको अभिप्राय त्यो नेपाली भाषासँग छ जुन प्रायः स्तरीय वा मानक नेपालीका नामले पुकारिन्छ ; जुन पढे लेखेका शिक्षित मानिसहरुले औपचारिक व्यवहारमा प्रयोग गर्दछन् । यो पठन पाठनको माध्यम र अन्य सरकारी कार्यालयको कामकाजी भाषाका रूपमा प्रयोग हुन्छ । यसलाई साहित्यिक, औपचारिक र सरकारी वा निजी सञ्चार माध्यममा नेपाली भाषा भनेर पनि प्रयोग गरिएको पाइन्छ । यसैलाई प्रस्तुत शोधकार्यमा भाषा२ मानक नेपाली वा नेपाली भाषा भनिएको छ । वि.सं.२०६८ को जन गणना अनुसार नेपालमा नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्ने वक्ताहरुको सङ्ख्या ४४.६ प्रतिशत् रहेको छ भने नेपाल बाहिर पनि नेपाली भाषाका वक्ताहरु छन् । नेपालमा यस भाषाका सामाजिक र भौगोलिक अनेक भाषिका समेत छन् । भाषाको भौगोलिक भेदलाई क्षेत्रीय भाषिका भनिन्छ । कुनै खास भूगोलमा बसोबास गर्ने कुनै भाषाका वक्ताहरुद्वारा बोलिने भाषाको रूप नै भाषिका हो । नेपाली भाषाका विभिन्न भाषिकाहरु छन् । अछामी पनि नेपाली भाषाका विभिन्न भाषिकामध्येको एउटा क्षेत्रीय भाषिका हो । अछामी भाषिका अछामीहरुको मातृभाषा हो । यो अछाम र अछाम बाहिर बस्ने अछामीहरुको साझा पहिचान तथा सांस्कृतिक आदान प्रदानको भाषिका हो । अछामी भाषिका सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको अछाम जिल्लामा बोलिन्छ । बसाइँ सराइका कारण कैलाली, कञ्चन पुर, बर्दिया, सुर्खेत, काठमाडौँ लगायतका जिल्लामा यो भाषिका बोलिन्छ । यस भाषिकालाई पोखरेल (२०३१) द्वारा वर पच्छिमा भाषिका अन्तर्गत राखिएको छ भने बन्धु (२०३२) द्वारा केन्द्रीय भाषिका समूह अन्तर्गत राखिएको छ । भाषा सम्बन्धी सूचना दिने ‘इथ्नोलग’ (सन् २०११) मा अछामीलाई भाषिका मानिएको छ । राष्ट्रिय जन गणना २०६८ द्वारा नेपाली भाषाको क्षेत्रीय भाषिका ‘अछामी’ लाई ‘अछामी भाषा’का रूपमा स्वीकार गरी नेपालमा बोलिने १२३ मातृभाषाको सूचीमा सूचीकृत गरिएको छ । यसमा अछामी भाषाका कुल वक्ता १,४२,७८७ मध्ये सुदूर पश्चिममा मात्रै १,४२,५१६ वक्ताहरु रहेको उल्लेख गरिएको छ । शाही (२०७०) द्वारा आधारभूत शब्दको परीक्षण गरी अछामी भाषिकालाई ‘भाषा’ भनिएको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/495
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
Khagaendra Final Ph.D Thesis 2016.pdf5.33 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.