Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/502
Title: समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्व
Authors: गिरी, अमरराज
Keywords: नेपाली प्रगतिवादी कविता
Issue Date: 27-Mar-2019
Abstract: नेपाली प्रगतिवादी कविताको इतिहास आधा शताब्दी भन्दा लामो रहेको छ । कतिपय समीक्षकले २००७ सालदेखि प्रगतिवादी कविता लेखिन सुरू गरेको बताएका छन् । जगदीश चन्द्र भण्डारीले गोपाल प्रसाद रिमालबाट प्रगतिवादी कविता धाराको विकास भएको विश्लेषण प्रस्तुत गरेका छन् भने ताराकान्त पाण्डेयले २००८ सालमा प्रकाशित कृष्णचन्द्र सिंह प्रधानको भञ्ज्याङनिरै कृतिबाट सचेतन एवम् औपचारिक रूपमा प्रगतिवादी कविता धाराको सुरूवात भएको मानेका छन् । समालोचकहरूका यी भिन्न विश्लेषण र काल निरूपणमा समय केही तलमाथि परे पनि प्रगतिवादी कविताको इतिहास आधा शताब्दीभन्दा लामो रहेको तथ्य भने स्पष्ट हुन्छ । माक्र्सवादी सौन्दर्य चिन्तनमा आधारित भएर प्रगतिवादी कविता धारा अगाडि बढेको छ । यही आधारमा प्रगतिवादी कविताको विशिष्ट स्थान र परिचय बनेको छ । संरचनाका आधारमा कविताका बृहत्, मध्यम र लघु गरी तिन रूपहरू छन् र यस धाराभित्र कविताका तिनै रूप अटाएको पाइन्छ । यसो भए पनि महाकाव्य, खण्डकाव्यका तुलनामा फुटकर कविताहरू चाहिँ यस धाराभित्र सबै भन्दा बढी लेखिएका पाइन्छन् । प्रगतिवादी कविताहरूले सुरूदेखि नै सामन्तवादी साम्राज्यवादी उत्पीडनलाई अभिव्यक्ति दिँदै आएका छन् । माक्र्सवादले समाज वर्गमा विभाजित हुन्छ, वर्ग विभाजित समाजमा वर्गद्वन्द्व हुन्छ र वर्गद्वन्द्वमा शोषक वर्गको पराजय र शोषित वर्गको विजय हुन्छ भन्ने मान्दछ । उत्पीडित वर्गले उत्पीडक वर्गबाट बलपूर्वक अधिकार खोसेर मात्रै सुन्दर जीवन तथा सुखद् भविष्यको निर्माण गर्न सक्छ भन्ने मान्यता माक्र्सवादको रहेको छ । माक्र्सवादको यही मान्यता अनुरूप प्रगतिवादी कविताले समाजमा विद्यमान वर्गद्वन्द्वलाई अभिव्यक्ति दिँदै आएको छ र वर्गद्वन्द्वको अभिव्यक्ति प्रगतिवादी कविताको एक महŒवपूर्ण विशेषता बन्न पुुगेकोे छ । प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्वको अभिव्यक्ति विविध रूपमा भएको छ । वर्गीय समाजमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा वर्गद्वन्द्वहरू विद्यमान रहन्छन् । यसै अनुरूप कवितामा पनि वर्गद्वन्द्वले अभिव्यक्ति पाएको छ । सारांशमा भन्दा वर्गीय समाजमा विद्यमान रहने वर्गद्वन्द्वलाई प्रगतिवादी नेपाली कविताले अभिव्यक्ति दिएका छन् र यो अभिव्यक्ति २०४६ यताको समकालीन प्रगतिवादी कवितामा कसरी भएको छ भन्न्ने कुराको अनुशीलनसँग प्रस्तुत शोध सम्बन्धित छ ।
Description: त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय समक्ष नेपाली विषयमा विद्यावारिधि (पीएच्.डी.)
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/502
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
Amar giri Thesis Final.pdf1.97 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.