Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/503
Title: नेपाली बालनको सङ्कलन र विश्लेषण
Authors: वाग्ले, मुकुन्दराज पथिक
Keywords: नेपाली बालन
नेपाली लोक साहित्य
Issue Date: 26-Mar-2019
Abstract: ‘नेपाली बालनको सङ्कलन र विश्लेषण’ शीर्षक रहेको यस शोध प्रबन्धमा लेख्य एवम् कथ्य दुबै परम्परामा रहेका बालनको सङ्कलन गरी विश्लेषण गरिएको छ । नेपाली लोक साहित्यका विभिन्न विधाहरूमध्ये लोककाव्य कथ्य÷पाठ्य विधाभित्र पर्छ । यसको पनि उपविधा भित्र बालन रहेको छ । बालनमा अंशावतार भगवान््् तथा देवी देवताको चरित्रको प्रस्तुति हुन्छ । रामायण, महाभारत र दशावतार कथाहरूका आख्यानमा आधारित धेरै बालनहरू नेपाली लोक जीवनमा प्रचलनमा छन् । बालन दुई रूपमा विकसित भएको पाइन्छ । पहिलोलाई लिखित रूप र दोस्रोलाई कथ्य रूप भनिन्छ । कथ्य रूप हामी श्रुति–स्मृति परम्पराबाट सर्दै आएको पाउँछौँ । नेपाली लोक साहित्यको क्षेत्रमा बाहुन–छेत्रीहरूले नृत्यका साथ बालन प्रस्तुत गर्छन् । रामायण र महाभारतको पौराणिक आख्यान बालनमा भेटिन्छ । लोक जीवनमा नृत्यका रूपमा प्रस्तुत यस साहित्यलाई लिखित रूपमा पनि देख्न सकिन्छ । माध्यमिक कालका साहित्यकार पतञ्जलि गजु¥याल बालनका सफल सङ्कलक मानिन्छन् । वि. सं. १७१० देखि नै हामी बालनको लेख्य रूप भएको पाउँछौँ । वीररस, वात्सल्य रस, करुण रसाश्रित बालनका पाठहरू आफ्नै प्रकारको लयमा आबद्ध रहेको पाइन्छ । पतञ्जलि गजु¥यालको अध्यात्म रामायण बालन र सत्यधर ‘सूरी’ कोइरालाको ‘प्रेमोदधि रामायण बालन’ दुबै रामकथाश्रित बालन हुन् । बालनको वास्तविक रचनाकार पत्ता लगाउने काम त्यति सजिलो हुँदैन । कतिपय बालनहरू श्रुति र स्मृति परम्पराबाट नै हुर्कँदै आएको पाइन्छ भने कतिपय बालनको सङ्कलक तथा रचनाकार पनि भेट्टाउन सकिन्छ । यसको लागि स्थानीय प्रतिभा भएका व्यक्ति र कलाकारहरूका उत्सुकता, सङ्कलन र संरक्षण गर्ने क्षमतामा भर पर्छ । श्रुति र स्मृति परम्परामा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र एक ठाउँबाट अर्को ठाउँमा सोही कुरा प्रस्तुत गर्दा पनि केही मात्रामा परिवर्तन हुँदै जाने गरेको पाइन्छ ।
Description: त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली विषयमा विद्यावारिधि (पिएच.डी.)
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/503
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
Mukundaraj Pathik Wagle Complete Thesis.pdf9.23 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.