Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/508
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorपोखरेल (तिम्सिना), लक्ष्मी
dc.date.accessioned2018-05-10T10:47:24Z
dc.date.accessioned2020-08-21T08:15:29Z-
dc.date.available2018-05-10T10:47:24Z
dc.date.available2020-08-21T08:15:29Z-
dc.date.issued2018-05-10
dc.identifier.urihttp://103.69.125.248:8080/xmlui/handle/123456789/508-
dc.descriptionत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत इतिहास विषयमा विद्यावारिधि (पीएच्.डी.) उपाधिका लागि प्रस्तुत शोधप्रबन्ध, २०७१en_US
dc.description.abstractनेपालको मध्यविन्दुमा रहेको गण्डकी (तनहुँ नारायणी (चितवन) लुम्बिनी (नवलपरासी) यी तीनै जिल्लाको संगमस्थलमा पर्ने देवघाट अत्यन्त प्राचीन पावन भूमि हो । यस क्षेत्रमा पुराना भग्नावशेष, मूर्ति, ऐतिहासिक, धार्मिक र सांस्कृतिक संरचनाहरू यत्रतत्र छरिएर रहनुका साथसाथै क्रमिक रूपबाट यस क्षेत्रको महइभ्वलाई बुझी विभिन्न सन्तमहन्तहरू बस्न थालेको र उनीहरूले यस क्षेत्रमा विकासमा योगदान पु¥याउन थालेपछि अन्य संघ–संस्था र सरकारीस्तर लगायत केही गैरसरकारी संस्थाहरूबाट पनि यस क्षेत्रको निम्ति योगदान पुगेको हुँदा यसै क्षेत्रको अध्ययन गर्नु आवश्यक महशुस गरी “देवघाटधामको ऐतिहासिक तथा धार्मिक महइभ्व” शीर्षकमा शोधप्रबन्ध तयार पारिएको छ । यस शोधप्रबन्ध निम्नलिखित उद्देश्यमा आधारित रहेको छ ः (१) देवघाटधामको धार्मिक महिमाका बारेमा प्रकाश पार्ने र यसको विकासक्रमको खोजी गर्ने । (२) देवघाटधामको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक विकासक्रमको अध्ययन गर्ने । (३) देवघाटधामका ऐतिहासिक–पर्यटकीय स्थलहरूको परिचय दिने र त्यसको महइभ्वमाथि प्रकाश पार्ने । (४) देवघाटधामको आधुनिकीकरण विकासका विविध पक्षहरूको अध्ययन गर्ने । प्रस्तुत शोधप्रबन्धमा प्राथमिक र द्वितीय दुवै किसिमका स्रोतहरूबाट सामग्री सङ्कलन गरिएको छ । प्राथमिक स्रोतअन्तर्गत स्थलगत भ्रमण–अवलोकन, सर्वेक्षण, अन्तर्वार्ता, प्रश्नावली आदिको प्रयोग गरिएको छ भने द्वितीय स्रोतअन्तर्गत विभिन्न लेख, पुस्तक, शोधपत्र, पत्रपत्रिकामा प्रकाशित सामग्री अभिलेख आदिको प्रयोग गरिएको छ । यो कार्य पुस्तकालयको प्रयोग र प्राथमिक स्रोतका लागि सम्भावित नमुना छनौटको प्रक्रिया अप्नाइएको छ । नमुना छनौट गर्दा उद्देश्यमूलक सुविधायुक्त प्रश्नको उत्तर पाउन सक्ने व्यक्तिलाई छनौट गरिएको छ । सम्बन्धित विषय विशेषज्ञ र सरोकारवालामध्येबाट नमुना छनौट गरी अन्तर्वार्ता लिइएको छ । यसका साथै पौराणिक र प्राचीनकालीन देवघाटका बारेमा अध्ययन गर्दा अन्य सामग्रीहरू नपाइने हुनाले पुराण तथा धर्मग्रन्थहरू र संस्कृतसाहित्य र जनश्रुतिका आधारमा समेत विषयलाई पुष्टि गर्ने प्रयत्न भएको छ । देवाट, देवघट्ट हुँदै आजको देवघाट बन्न पुगेको यो स्थल पौराणिककालदेखि धार्मिक महइभ्व पाएको एवं प्राचीन, मध्यकाल एवं आधुनिककालमा आइपुग्दा ऐतिहासिक रूपबाटै महइभ्वपूर्ण स्थान पाएको यस देवघाटक्षेत्रले २००७ सालको परिवर्तन पछि भने यस स्थानमा आधुनिकीकरणको जग पनि बस्न थालेको देखिन्छ । वि.सं. २००७ सालको परिवर्तन सँगसँगै चितवनमा औलो उन्मूलन कार्यक्रम, बसोवासको थालनी राप्तीदून परियोजना जस्ता कार्यले गर्दा चितवनको विकासमा राम्रो योगदान पुग्न गयो । जसको कारण बाटाघाटाहरू खोलिनु, विभिन्न कार्यालयहरू खोलिनु हवाइ मार्गको स्थापनाले गर्दा भरतपुर नारायणघाटमा स– साना घरहरू मान्छेहरूको चहलपहल बढ्न गयो, जसको प्रत्यक्ष प्रभाव यसको नजिकै पनि देवघाटधाममा पनि पर्न गयो र त्यहाँ पनि आधुनिकीकरणको जग बस्यो र यस क्षेत्रको पौराणिक, प्राचीन ऐतिहासिक, पुरातात्विकका साथै अन्य विषयहरूको पनि खोजीनीति हुनथाल्यो । संरक्षण संवद्र्धन र विकासका कार्यले गर्दा देवघाट एक महइभ्वपूर्ण तीर्थस्थलका रूपमा परिणत हुनपुग्यो । यसै क्रममा यहाँ भएका पुराना मठ–मन्दिर तथा भग्नावशेष तथा खोजीकार्य गर्नुका साथै विभिन्न सम्प्रदाय (शैव–वैष्णव) धार्मिकमतका आधारमा मन्दिरहरूको निर्माण हुनुका साथै विभिन्न आश्रमहरूको पनि निर्माण हुन गयो । यसै क्रममा संघ–संस्थाहरूद्वारा वृद्धाश्रमको स्थापना हुनुका साथै विभिन्न गैरसरकारी संस्था लगायत विभिन्न व्यक्तिहरूबाट पनि देवघाटको निमित्त योगदान पुग्ने कामहरू हुनथाले । सरकारीस्तरबाट देवघाटक्षेत्र विकास समितिको स्थापना हुनुका साथै वृद्धाश्रमको स्थापना हुन गयो । धार्मिक गतिविधि स्थापित भई विभिन्न पर्व, उत्सव, मेला र संस्कारले तीव्र गति लिन थाल्यो । यसै क्रममा विभिन्न आश्रमहरूमा संस्कृतशिक्षामा पूर्वमध्यमादेखि आचार्यतहसम्मको पठनपाठन सञ्चालन हुन गयो, यद्यपी यस्ता आश्रमहरुमा स्थापित संस्कृत विद्यालयहरुमा केबल ब्राह्मण जातिको मात्र एकाधिकार रहेको पाइन्छ । यस्ता गुरुकुलीय संस्कृतशिक्षाको माध्यमबाट नैतिकवान्, चरित्रवान् छात्रहरू उत्पादन गर्ने उद्देश्य रहेको पाइन्छ । प्रस्तुत शोधप्रबन्ध शोधपरिचय, देवघाटको परिचय, देवघाटक्षेत्रमा भएका संरचनाहरूको विवरण, देवघाटक्षेत्रको आधुनिकीकरण देवघाटधाममा लाग्ने पर्व–मेला आदि देवघाटको वर्तमान अवस्था, उपसंहार गरी ७ वटा अध्यायमा विभाजन गरी अध्ययन गरिएको छ ।en_US
dc.language.isootheren_US
dc.subjectDevghaten_US
dc.subjectदेवघाटen_US
dc.titleदेवघाट धामको ऐतिहासिक तथा धार्मिक महत्त्वen_US
dc.typeThesisen_US
Appears in Collections:900 History, geography & auxiliary disciplines

Files in This Item:
File Description SizeFormat 
197. Dr. Laxmi Pokharel Timsina.pdf22.01 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.