Please use this identifier to cite or link to this item:
http://archive.nnl.gov.np:8080/handle/123456789/147
Title: | भक्तपुरको विश्वयात्रा (बिस्केट) को सामाजिक र सांस्कृतिक अध्ययन |
Authors: | कायस्थ, बलराम |
Keywords: | भक्तपुरको विश्वयात्रा बिस्केट |
Issue Date: | 10-Jun-2018 |
Abstract: | बिस्केट भक्तपुरको एउटा प्रख्यात जात्रा हो । बाहिरबाट हेर्दा यो जात्रा स्थानीयवासी नेवारहरूको मात्र जात्रा हो कि जस्तो लाग्दछ, तर वास्तवमा यसमा गरिने पूजापाठ, जपतप, होम, यज्ञयज्ञादि जस्ता विधिविधानहरूलाई केलाएर हेर्दा यो जात्रा सम्पूर्ण हिन्दुहरूको जात्रा हो भन्ने देखिन्छ । वस्तुतः बिस्केट भन्ने शब्द नै संस्कृतको “विश्वकेतु” शब्दको अपभ्रंश भई आएको शब्द मानिन्छ । “विश्वकेतु” को अर्थ हुन्छ ः विश्वध्वजा । प्रत्येक वर्ष चैत्र मसान्तका दिन विश्वध्वजा उत्थान गरी मेष संक्रान्तिका दिन जात्रा गर्ने प्रथा वैदिककालदेखि सुरु भएको प्रथा हो । यसरी उक्त दिन ध्वजोत्थान गरी जात्रा मनाउनाले सर्वत्र सुख, शान्ति, समृद्धि पैmलिने, जीव र जगतको कल्याण हुने, शत्रु क्षय हुने जस्ता कुराहरू मनुको वचन भनेर गौतमीतन्त्र नामक प्राचीन ग्रन्थमा उल्लेख भएको पाइन्छ तर आज यो प्रथा नेपाल एक ठाउँ बाहेक अन्त कहीँ पनि अस्तित्वमा रहेको देखिँदैन । अतः यसै जात्राको बारेमा विस्तारका साथ खोज अनुसन्धान गर्नु यस शोधकार्यको उद्देश्य हो । अध्ययनको क्षेत्र प्राचीन नगर भक्तपुर रहेको छ । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर गरिउको यस अध्ययनमा खास गरेर बिस्केट जात्रा हुने मुख्य स्थान ल्योसीं खेल (चुपींघाट) अनि भैरव भद्रकालीको रथ तान्ने जात्राको केन्द्रस्थल टौमढी चोक, गाहिटी, लाकोलाछें त्यसपछि स्थानीय जात्राहरू संचालन हुने नगरका सम्बन्धित टोल इलाकाहरू रहेका छन् । यस अतिरिक्त भक्तपुर वरपरका थिमी, बोडे, नगदेश, सांगा, खड्पु, धुलिखेल, टोखा क्षेत्रमा मनाइने बिस्केट जात्रालाई पनि तुलनात्मक रूपमा अध्ययन गरिएको छ । यी उल्लेखित क्षेत्रमा मनाइने बिस्केट जात्राको ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक अध्ययन नै यसको विषयगत सीमा हो । निष्कर्ष बिस्केट भक्तपुरको एउटा प्रसिद्ध र महत्वपूर्ण जात्रा हो, जुन अद्यावधि मनाइँदै आइरहेको पाइन्छ । यो जात्रा मूल रूपले लिंगो जात्रा हो, जसलाई विश्वयात्रा, विश्वध्वज जात्रा पनि भन्ने गरिन्छ, जुन चैत्र मसान्तका दिन उभ्याएर मेष संक्रान्तिका दिन सम्पन्न गरिन्छ । यसरी उक्त दिन लिंगो ठड्याई जात्रा गर्नाले सुख, शान्ति, समृद्धि मिल्ने कुरा तन्त्रमा उल्लेख छ । प्रकारान्तरले यसमा अनेक उपजात्राहरू थपिए । यस्ता जात्राहरूमा भैरव भद्रकालीको रथयात्रा निकै प्रसिद्ध रहेको छ । जुन जात्रा मूल जात्राको चार दिन अघिबाट प्रारम्भ भई मूल जात्रा सकिएको चारदिन पछिसम्म चल्ने गर्दछ । साथै बिस्केटकै अवसरमा यहाँ स्थापित अष्टमातृका लगायत अन्य देवदेवीका स्थानीय स्तरका अनेक जात्राहरू पनि हुने गर्दछन् । यो जात्रा विशेष गरेर विश्वनाथ भैरवको जात्राका रूपमा प्रसिद्ध रहेको छ । किनकि भैरवको प्रतीकको रूपमा चैत्र मसान्तका दिन ठडिने लिंगोको टुप्पोमा फहराइने जोडी ध्वजालाई अभिलेखीय प्रमाणका आधारमा विश्वध्वजा, वीरध्वजा, विश्वकेतु आदि भनिएबाट यस तथ्यको पुष्टि हुन्छ । सो जोडी ध्वजालाई भैरव र शक्तिको प्रतीकको रूपमा मानिन्छ । अनि जात्रा हुने मूल स्थान भद्रकाली पीठ नै रहेबाट यो कुरा स्पष्ट हुन्छ । लिंगो ठडिने खाल्डोलाई प्रतीकात्मक रूपमा भद्रकालीको योनी र लिंगोलाई भैरवको लिङ्ग मानिन्छ । जब त्यस खाल्डोमा परेर लिंगो ठडिन्छ तब वातावरण रोमान्चक बन्न पुग्छ । किनकि त्यस क्रियालाई भैरव र भद्रकाली बीचको समागम वा शिव र शक्ति आपसमा एकाकार भएको प्रतीक अर्थमा लिने गरिन्छ । यसबाट समस्त जगतमा सुख, शान्ति र समृद्धि पैmलिने जनविश्वास रहेको पाइन्छ । यताबाट यस जात्राको खास अभिप्राय लिंगो ठड्याएर आम दर्शकलाई मनोरन्जन मात्र पु¥याउने नभएर भैरव र भद्रकालीलाई आपसमा समागम गराउनु पनि रहेको देखिन्छ, जुन क्रिया तान्त्रिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । तर यहाँनेर एकथरी मानिसहरू नागनागिनी सम्बन्धी किम्बदन्तीलाई नै प्रमाण मानेर लिंगोमा फहराउने ध्वजालाई नागनागिनीको मृत शरीर मानेर त्यसैको स्मृतिमा वर्षेनी यो जात्रा प्रदर्शन गरिएको हो भन्ने भनाई राख्दछन् । तर यो भनाई गलत छ । प्रचार प्रसारले वास्तविक कुरालाई विस्थापित गरी बिस्यातः (सर्प मारेको) जात्रा भनेर आम सञ्चार माध्यम तथा इतिहासकारहरूले समेत गलत जानकारी सम्प्रेषण गरेर इतिहास बङ्ग्याउने काम गरिरहेका छन् । यथार्थमा बिस्यातः बाट बिस्केट भएको नभई विश्वकेतुबाट बिस्केट भएको र भाषिक दृष्टिले पनि उपरोक्त तथ्यको पुष्टि हुन आउँछ । यथार्थमा किम्बदन्तीमा वर्णित नागनागिनीलाई यस ध्वजामा दर्शाइएको छैन । यसर्थ यो जात्रा नागनागिनी सम्बन्धी जात्रा होइन भन्ने पुष्टि हुन्छ । यस ध्वजामा आकाश भैरवको मूर्ति चित्र अंकित रहेको छ । आकाश भैरव नै टौमढी टोलको विश्वनाथ भैरव भएकोले यो ध्वजा विश्वनाथ भैरवको ध्वजा हो । यस अर्थमा यो बिस्केट जात्रा पनि विश्वनाथ भैरवकै जात्रा हो भन्ने कुरा स्पष्ट हुन्छ । यस जात्रासँग सम्बन्धित विधिविधान वा क्रियाकलापहरूको अध्ययन विश्लेषण गर्दा पनि यो जात्रा पूर्ण रूपले धार्मिक पुष्ठभूमिमा आधारित तान्त्रिक विधिले सम्पन्न हुने जात्रा रहेको तथ्य स्पष्ट हुन आउँछ । यस जात्राका मुख्य नायक भैरव हुन् । यथार्थमा भैरव किसानहरूका देवता र भक्तपुर किसान बाहुल्य सहर भएकोले यहाँ यस किसिमको जात्रा गर्ने परम्परा चलेको देखिन्छ । समयमा पानी परोस.्, कृषि बाली सप्रियोस्, रोगव्याधि नपैmलियोस्, कुनै किसिमको दुर्भिक्ष नहोस्, सबैतिर सुख शान्ति र समृद्धि पैmलियोस् भन्ने कामनार्थ प्रत्येक वर्ष वर्षारम्भ हुनु अघि मेष संक्रान्तिका दिन सहकालका देवता आकाश भैरव र उनकी शक्ति भद्रकालीप्रति सम्मान दर्शाउनका निम्ति नै यहाँ यो लिंगो जात्रा संस्कृतिको विकास भएको हो । |
Description: | त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत इतिहास विषयमा विद्यावारिधि (पिएच.डी.) उपाधिका लागि प्रस्तुत शोध प्रबन्ध, २०७० |
URI: | http://103.69.125.248:8080/xmlui/handle/123456789/147 |
Appears in Collections: | 300 Social sciences |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
52-Dr.Baburam Kayasth,.pdf | 47.53 MB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.