Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/501
Title: नेपालको राजनीतिक आन्दोलनमा मनमोहन अधिकारीका भूमिका
Authors: सापकोटा, ढाकाराम
Keywords: नेपालको राजनीति
मनमोहन अधिकारी
जनताको सङ्घर्ष
Issue Date: 25-Mar-2019
Abstract: नेपालको राजनीतिमा ऐतिहासिक आन्दोलनको अग्रपङ्तीमा राजनीतिकर्मीका रुपमा मनमोहन अधिकारीको नाम अङ्कित रहेको छ । मूलतः उनी राणाशासन तथा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सङ्घर्षरत रहेका कारण नेताका रुपमा स्थापित भएका हुन् । उनी साम्यवादी दृष्टिकोणलाई आत्मसात गर्दै जीवनका छ दशक निरन्तर नेपालको राजनीतिक आन्दोलनमा सक्रिय भएका थिए । यसबाट उनको नेपाली राजनीतिमा विशिष्ठ योगदान रहेको बुझिन्छ । यस सन्दर्भमा सार्वजनिक तथा राजनीतिक जीवनका घटनाक्रमहरूमा भएका उताप चढाप, राज्यले उनीप्रति देखाएको सम्मान तथा राजनीतिक जीवनका सकारात्मक र नकारात्मक पक्षकोे विश्लेषणमा नै प्रस्तुत अनुसन्धान केन्द्रित रहेको छ । नेपालमा राणाहरूले लामो समय निरङ्कुश जहानीया शासन चलाएका थिए । जनताको सङ्घर्ष पश्चात वि.सं.२००७ सालमा प्रजातन्त्र ल्याउन सफल भए तापनि एक दशकपछि पार्टीमाथि प्रतिबन्ध लगाएर राजाको एकतन्त्रीय शासन चल्यो । यी दुवै शासनका विरुद्ध र प्रजातान्त्रिक शासनको स्थापनाका निमित्त अलग अलग विचारधाराका नेपाली राजनीतिज्ञहरू आफ्नो राजनीतिक दृष्टिकोण बोकेर जीवनभर सङ्घर्षरत रहेका थिए । तीमध्ये मनमोहन अधिकारी पनि एक हुन् । काठमाडौंको लाजिमपाटमा वि.सं.१९७८ मा जन्मिएका उनको वाल्यजीवन राणाशासनको उत्तरार्धमा बित्यो । त्यसको नकारात्मक प्रभाव मनमोहन अधिकारीमा वाल्यकालदेखि नै प¥यो । फलतः विद्यार्थी अवस्थामा नै भारतमा भएको भारत छोडो आन्दोलनमा सहभागि हँुदै राजनीतिमा होमिए । भारतको जेलमा रहेका भारतीय कम्युनिस्ट पार्टीका नेताबाट पाएको प्रशिक्षणपछि कम्युनिस्ट पार्टीको सदस्यतासमेत लिएका थिए । त्यहीबाट उनको सक्रिय राजनीतिक जीवनको सुरुवात भएको भए पनि नेपालमा भने विराटनगर मजदुर आन्दोलनको नेतृत्वबाट भएको थियो । नेपाल कम्युनीस्ट पार्टीको स्थापनापछि भएको प्रथम महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भएका थिए । वि.सं.२००८ सालमा पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन उनी महासचिव भएको अवस्थामा २०१३ सालमा दिएको वक्तव्य निर्विवाद बन्न सकेन भने वि.सं.२०२५ सालमा जेलबाट छुट्न दिएको वक्तव्य जीवनभर आलोच्य बन्यो । नेपालको कम्युनीस्ट आन्दोलनमा बेलामौकामा देखिने उग्रपन्थी र दक्षिणपन्थी राजनीतिक गतिविधिलाई हेर्दा उनले जीवनभर प्रायः एकै प्रकारको नरम र मध्यमार्गी धारको प्रतिनिधित्व गरेको पाइन्छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/501
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
abstract 3.pdf126.3 kBAdobe PDFThumbnail
View/Open
chapter 1.pdf48.72 kBAdobe PDFThumbnail
View/Open
chapter 2.pdf158.52 kBAdobe PDFThumbnail
View/Open
chapter 4 final(4).pdf204.62 kBAdobe PDFThumbnail
View/Open
chapter 5 correction.pdf198.65 kBAdobe PDFThumbnail
View/Open
chapter 6 final.pdf227.39 kBAdobe PDFThumbnail
View/Open
chapter 8 final.pdf211.08 kBAdobe PDFThumbnail
View/Open
chapter 7 final.pdf191.3 kBAdobe PDFThumbnail
View/Open
chapter 9.pdf203.83 kBAdobe PDFThumbnail
View/Open
chapter 11 final.pdf91.58 kBAdobe PDFThumbnail
View/Open
final biblo.pdf132.42 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.