Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/83
Title: माओवादी सशस्त्र द्वन्द्वबाट कलैया र अमलेखगंजका महिलामा परेको प्रभाव (वि.सं. २०५२–२०६२)
Authors: श्रेष्ठ, मंजु
Keywords: माओवादी सशस्त्र द्वन्द्व
कलैया
अमलेखगंज
महिला
Issue Date: 23-Feb-2018
Abstract: मानवजाति प्राकृतिक अवस्थादेखि लड्दै आइरहेका छन् । क्रान्ति, आन्दोलन, विद्रोह तथा आतङ्क आधुनिक अभिवृति होइन । १९९०–१९९९ को अन्तसम्ममा ११८ सशस्त्र युद्घ भएका छन्, जसमा लाखौँ मानिसको मृत्यु भएको छ । मानव इतिहासमा जति ठूला युद्घ भए ती सबैको केन्द्रविन्दु पुरुष नेता नै थिए । युद्घबाट बढी प्रभावित हुने वर्ग महिलाहरू हुन् । विद्रोह मानवजातिको मौलिक अधिकार हो । पिडीत र उपेक्षितहरूको आवाज अघि सार्ने र पिडाको अन्त गर्ने माध्यम हो । अरस्तुका अनुसार राज्यमा विद्रोह ल्याउने कुरा असामनता हो । क्रान्ति सानो चिज होइन, तर सानो चिजबाट जन्मन्छ । नेपालमा पृथ्वीनारायण शाहको भौगालिक एकीकरण, गोरखा साम्राज्यवाद, उपनिवेशवाद आदि प्रयोग भयो । जङ्गबहादुरको शासनकालमा लमजुङ र गोरखामा गुरुङहरूको हकमा भएको विद्रोह, जातीय शोषणको विरुद्ध लडेका लखन थापा मगरको विद्रोह, १९८८ मा स्थापित प्रचण्ड गोरखाले गरेको रक्तक्रान्तिको घोषणा, प्रजापरिषद्को विद्रोह, वि.स. २००४ को जयतु संस्कृतम्, वि.स. २००६ को ब्राह्मणको हलो क्रान्ति, वि.स. २००७ को क्रान्ति, वि.स. २०१८ को नेपाली कांग्रेसको सशस्त्र सङ्घर्ष, वि.स. २०२८ को झापा विद्रोह, वि.स. २०४६ को प्रजातन्त्र पुनसर््थापनाका लागि भएको आन्दोलनजस्ता आन्तरिक तथा बाह्य हिंसात्मक तथा अहिंसात्मक युद्घ भएको छ । तर आदिवासी, जनजाति, दलित, मधेसी र महिला कसैले सकारात्मक, शान्ति र सुशासनको अनुभव गर्ने अवसर पाएका थिएनन् । नेपालमा जातिय, धार्मिक, भाषिक, सांस्कृतिक, क्षेत्रगत्, लैङ्गिक आदि अन्तद्र्वन्द्वहरू मौलाइरहेका छन् । वि.स. २०४७ को संविधान निमार्ण प्रक्रियापश्चात् साम्यवादीको सुदृढीकरण, बिचलन, विभाजन, सैद्घान्तिक मान्यताहरूका बीच आपसी असमझदारी र मनमुटाव हुँदै वामपन्थीहरूको एउटा समूह त्यसबेलादेखि असन्तुष्ट भएर जनआन्दोलनतर्फ जाने निर्णय गरे । राष्ट्रमा आर्थिक, बहुभाषिक, बहुजातीय, समावेशी, लैङ्गिय विभेद आदि कारणले गर्दा माओत्सेतुङ्को विचारबाट प्रभावित भइ राज्यव्यवस्था विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ फागुन १ देखि “प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वस्त बनाउने नयाँ जनवादी सत्ताको स्थापना गर्न सशस्त्र सङ्घर्षको बाटोमा अघि बढौ” भन्ने नाराका साथ सशस्त्र द्वन्द्व सुरु गरे । सामाजिक न्याय, हिंसा, छुवाछुत, दलित जनजाति, सामाजिक–सांस्किृतिक, क्षेत्रीय, लैङ्गीय विभेद, वेरोजगार, राजनीतिमा अनुपेक्षित सहभागिता, अनुचित वितरण तथा अवसर, राजनीतिक नियुक्ति, क्षमताको अनादर, अपारदर्शिता, भ्रष्टाचार, सत्ता र शक्तिको दुरुपयोग आदि कारणले गर्दा द्वन्द्व मौलायो । यस आन्दोलनमा मानव अधिकार हनन् भयो र हजारौँले शहादत प्राप्त गरे । प्रस्तुत अध्ययनको विषयवस्तु गुणात्मक र परिमाणात्मक अध्ययनमा आधारित छ । यो अध्ययन प्राथमिक र द्वितीयक दुवै प्रकारको तथ्याङ्कहरूमा आधारित हुनुका साथै विश्लेषणात्मक, वर्णनात्मक र अनुभवजन्य छ । सम्बन्धित अध्ययन क्षेत्रको व्यक्तिहरूको सामाजिक, घरपरिवार, द्वन्द्व पीडित, समावेशी अवस्था दर्शाउने विभिन्न सूचकहरू प्रयोग गरिएको छ । अन्तर्वाता, टेलिफोन अन्तर्वाता, अन्तरक्रिया, प्रत्यक्ष अवलोकन र प्रश्नावलीको मद्दतबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । त्यस्तै गरी अध्ययनको उद्देश्यअनुसार द्वितीयक तथ्याङ्कका स्रोतहरू प्रयोग गरिएको छ । नमुना पद्धतिद्वारा नमुना छनौट गरिएको छ । यस क्रममा परिमार्जित बहुसूचक क्लस्टर सर्वेक्षण० प्रयोग गरिएको छ । यस पद्धतिअनुसार पहिलो चरणमा सम्बन्धित अध्ययन क्षेत्रको प्रत्येक वडाबाट घरपरिवारको छनौट गरिएको छ भने दोस्रो चरणमा अध्ययनको उद्देश्य र विषयवस्तुको आधारमा जम्मा ४०० उत्तरदाताहरूको छनौट गरी उपयुक्त विधिद्वारा तिनीहरूको सङ्ख्या किटान गरिएको छ । यसमा दुई प्रकारको प्रश्नावली निर्माण गरिएको छ । निष्कर्ष ः मुख्य प्राप्ति समाजमा महिलाप्रतिको दृष्टिकोण–दोस्रो दर्जा, अपमान, अभाव, आत्मसम्मानहीन, महिला ईश्वरको दोस्रो भूल हो जस्ता अवधारणा पाइएको छ । विश्वको विभिन्न देशमा भएका आन्दोलनमा महिलाको भूमिका रहेको, नेपालमा शाही सैनिकका विभिन्न पदहरूमा महिलातुत सेनाको भर्ना भएको, सैन्य संरचनामा महिलाको अवस्था कमजोर रहेको र उच्च पदमा पितृसतात्मक सोच रहेको पाइएको छ । वर्षौँदेखि दबिएर रहेका पिछडा वर्ग स्वतन्त्र हुने चाहना थियो, वैचारिक मतभेद, केन्द्रियवादको अवस्था, सञ्चार माध्यममा सरकारी हस्तक्षेप, कमजोर आर्थिक अवस्था (भ्रष्टाचार, गरिबी, बेरोजगारी) थियो, भू–राजनीति, सामाजिक तथा सांस्कृतिक विकृति, लैङ्गिक भेदभाव, निरङ्कुश र अधिनायकवादी शासनको कारणहरूले गर्दा नेपालमा माओवादी सशस्त्र द्वन्द्वले मौलाउने मौका पाएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र द्वन्द्व कालमा हजारौँ व्यक्तिहरू अपाङ्ग, ८८८ जना बेपत्ता, १,५०,००० जना आन्तरिक विस्थापन, १५,००० को हत्या र ३०–५५ अर्ब बराबरको भौतिक क्षति भएको छ । माओवादी सशस्त्र द्वन्द्वबाट सन्त्रास, असुरक्षा, यौनजन्य अपराध, सरकारबिनाको राज्यको स्वरूप, छाडावाद, भौतिक संरचना तथा प्राकृतिक वातावरणको विनास, शिक्षा–स्वास्थ्यमा दुष्प्रभाव, आर्थिक क्षेत्रमा भ्रष्टाचार, गरिबी, बेरोजगारी, मानव अधिकार हनन्जस्ता नकारात्मक प्रभाव परेको पाइएको छ । त्यसैगरी महिलाप्रतिको नकारात्मक सोचाइमा परिवर्तन, महिलामाथि थप जिम्मेवारी, सामाजिक व्यवहारमा परिवर्तन, राजनीतिक विचारमा परिवर्तन तथा राज्य सयंत्रमा महिला सहभागितामा वृद्धिजस्ता सकारात्मक प्रभाव परेको पाइएको छ । अध्ययन क्षेत्रका जनधारणानुसार माओवादी द्वन्द्वमा महिला सहभागिता हुनुका मूलभूत कारणहरू– महिलासम्बन्धी सामाजिक राजनीतिक र कानुनी प्रावधानमा विभेद, स्वास्थ्य–शिक्षा, अंश र वंशमा पहुँच नभएको, महिला विरुद्घका हिंसात्मक घटना, सामाजिक, सांस्कृतिक तथा रुढिवादी परम्पराबाट उन्मुक्ति पाउन, विभेदकारी संरचना, महिलामाथि सुरक्षाकर्मीको दुव्यर्वहार, शारीरिक तथा मानसिक त्रास, यातना आदिबाट मुक्ति पाउन, सशक्त र सुरक्षित हुन, महिलाद्वारा सम्मानित जीवन बाँच्न, माओवादीको महिला मुक्ति रणनीतिप्रतिको आकर्षण, बेरोजगारी र गरिबीबाट मुक्ति पाउन र पुरुषमा भएका विकृति निर्मूलन आदि कारणले माओवादी द्वन्द्वमा होमिएका हुन् । अध्ययन क्षेत्रका महिलाहरू माथि नकारात्मक प्रभाव परेका छन् । पति, पिता तथा छोराको अपहरण, बेपत्ता, मृत्यु भएको अवस्थामा महिलाले एकल, अर्धविधवा, विधवा जीवनयापन गर्नु पर्ने, मानव अधिकार उलङ्घन, डर, त्रास, चन्दा आतङ्क, आन्तरिक विस्थापन, चेलीबेटी बेचविखन तथा देहव्यापारको अवस्था रहेको छ । द्वन्द्वको कारण पुरुषको अनुपस्थितिमा महिलाको काँधमा जिम्मेवारी थपिएको छ जसले गर्दा उनीहरू मानसिक तनावग्रस्त भएका छन् । महिलाको शारीरिक–मानसिक स्वास्थ्यमा प्रतिकुल असर परेको पाइन्छ र द्वन्द्वको समयमा भौतिक मानसिक पीडाको कारण प्रतिशोध, विद्रोहको भावना विकास भएकोजस्ता नकारात्मक असरहरू देखा परेको पाइन्छ । विद्रोही तथा राज्य पक्ष शैक्षिक संस्थानहरू प्रति संवेदनशील नभएको, शैक्षिक उपलब्धिमा अवरुद्घ तथा शैक्षिक गुणस्तरमा ह्रास आएको अवस्था पाइएको छ । महिलाहरू माथि परेका सकारात्मक असरहरू– पुरुषमा भएको सामाजिक विकृति, घरेलु हिंसामा ह्रास आएको छ । महिलाहरूमा चेतना, नेतृत्व र सहभागितामा अभिवृद्घि, समाजमा विद्यमान सामाजिक र सास्कृतिक रुढीग्रस्त परम्परामा रुपान्तरण भएको छ । संयुक्त राष्ट्र संघद्वारा पारित भएको विभिन्न सन्धि सम्झौता र महासन्धिलाई राज्य र द्वन्द्वपक्ष दुबैले पालना गरेको पाइएको छैन । पीडित वर्गले पाउनुपर्ने उपचार, राहत प्राप्त गर्न सकेको छैन, बेपत्ताको ठेगान लाग्न सकेको अवस्था छैन र चन्दा, अपहरण र आतङ्क यथावत् कायम रहेको अवस्था पाइएको छ । द्वन्द्व, राजनीतिक सङ्क्रमणको ठूलो सानो अवस्था पार गरेको छ । नेपालको शासन प्रणाली, केन्द्रित शासन व्यवस्था, शोषित, पीडित महिला, जनजाति पिछडिएको क्षेत्रले राहत सुशासनको महसुस गर्न सकेको छैन । यिनै सम्पूर्ण कारणले गर्दा माओवादी आन्दोलनले मौलाउने अवसर प्राप्त गर्न सकेको हो । सामाजिक, आर्थिक, राजनीतिक तथा सास्किृतिक कारणबाट पीडित भइ माओवादी आन्दोलनमा होमिएका हुन् । नेपालमा माओवादी सशस्त्र द्वन्द्वले ठूलो सङ्कट ल्याउनुका साथै यसले देशको समग्र सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपान्तरणको लागि अवसर पनि सृजना गरेको छ ।
Description: त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्र विषयमा विद्यावारिधि उपाधिका लागि प्रस्तुत, २०६९
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/83
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
Thesis_ALL_FINAL.pdf4.27 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.