Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/480
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorखनाल, राजेन्द्र
dc.date.accessioned2018-03-02T08:04:39Z
dc.date.accessioned2020-08-21T08:12:27Z-
dc.date.available2018-03-02T08:04:39Z
dc.date.available2020-08-21T08:12:27Z-
dc.date.issued2018-03-02
dc.identifier.urihttp://103.69.125.248:8080/xmlui/handle/123456789/480-
dc.descriptionनेपाली शिक्षा विषयमा विद्यावारिधि (पिएच.डी.) उपाधिका निम्ति प्रस्तुत शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय, कीर्तिपुर,काठमाडौ, २०७१en_US
dc.description.abstractप्रस्तुत अनुसन्धानको मुख्य उद्देश्य नेपाली उपन्यासमा रहेको लैङ्गिक चेतनाको खोजी गर्नु रहेको छ । यस अध्ययनका सहायक उद्देश्यमा लैङ्गिक समालोचनाको सैद्धान्तिक स्वरूप निर्धारण गर्नु, लैङ्गिक तथा यौनिक अवस्थाका आधारमा नेपाली उपन्यासको सर्वेक्षण गर्नु, नेपाली उपन्यासमा प्रयुक्त लैङ्गिक तथा यौनिक चेतनास्तर निक्र्योल गर्नु र लैङ्गिक दृष्टिले नेपाली उपन्यासमा प्रयुक्त भाषाको मूल्याङ्कन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान हो । यो अध्ययन विश्लेषणात्मक र समालोचनात्मक विधिमा आधारित छ । यस अनुसन्धानका लागि पुस्तकालयीय तथा अभिलेख अध्ययन विधिबाट सामग्री सङ्कलन गरिएको छ । सामग्रीहरूका स्रोत प्राथमिक र द्वितीयक गरी दुई किसिमका रहेका छन् । प्राथमिक स्रोतका रूपमा लैङ्गिक समस्या र चेतना प्रयोग भएका छयालिस ओटा प्रतिनिधि नेपाली उपन्यासहरू रहेका छन् । द्वितीयक स्रोत सामग्रीअन्तर्गत आधिकारिक महत्त्वका सैद्धान्तिक पुस्तक तथा विश्वकोश, नेपाली उपन्यासमा लैङ्गिक समस्या र चेतनासम्बन्धी गरिएका शोधपत्र, शोधप्रबन्ध तथा ग्रन्थहरू, नेपाली उपन्यासको लैङ्गिक अध्ययनसम्बन्धी पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरू तथा लैङ्गिक अध्ययनका सन्दर्भ सामग्रीहरू रहेका छन् । प्रस्तुत शोध समस्याको प्राज्ञिक सम्बोधन लैङ्गिक अध्ययन र समालोचनाका सैद्धान्तिक तथा प्रयोगात्मक ग्रन्थहरूको गहन अध्ययन गरी सैद्धान्तिक आधारमार्पmत गरिएको छ । सैद्धान्तिक खाकाका आधारमा शीर्षक, कथावस्तु, चरित्र र जैविकता, लैङ्गिकताको अवस्था, लैङ्गिक भूमिका, लैङ्गिक समस्या, लैङ्गिक चेतना र सशक्तीकरण, यौनिकता र यौनिक समस्या, लैङ्गिकताको भाषा, परिणति र सन्देश गरी जम्मा दस ओटा प्रतिमानहरू निर्माण गरिएको छ । यस अनुसन्धानमा नेपाली भाषामा लेखिएका १९८९ सालदेखि २०६८ सालसम्मका छयालिस ओटा उपन्यासलाई समावेश गरिएको भए तापनि लैङ्गिक समस्या र चेतना प्रयोग भएका उपन्यासमा मात्र अध्ययन बढी केन्द्रित छ । लैङ्गिक समस्या र चेतना प्रयोग गरिएका छयालिस ओटा उपन्यासको मात्र सर्वेक्षण गर्दा छयालिस ओटा उपन्यासमध्ये सत्र ओटा उपन्यास नारी लिखित र उनन्तिस ओटा उपन्यास पुरुष लिखित रहेको देखिएको छ । उपर्युक्त छयालिस ओटा उपन्यासको सर्वेक्षण र विश्लेषण गर्दा लैङ्गिक तथा यौनिक दृष्टिले सबैभन्दा सचेत, सशक्त र प्रभावकारी ठहरिएका विभिन्न क्षेत्रका प्रतिनिधिमूलक उपन्यासमध्ये सामाजिक यथार्थवादी, प्रगतिवादी, नारीवादी (पुरुष लिखित र महिला लिखित), मनोविश्लेषणात्मक, समलैङ्गिक (स्त्री समलैङ्गिक र पुरुष समलैङ्गिक) गरी जम्मा छ ओटा उपन्यासको सघन विश्लेषण तथा मूल्याङ्कन गरिएको छ । यी छ ओटा उपन्यासहरूमा सामाजिक यथार्थवादी, प्रगतिवादी उपन्यास सहयात्री, पुरुष लिखित नारीवादी उपन्यास स्वास्नीमान्छे, महिला लिखित नारीवादी उपन्यास समानान्तर आकाश, मनोविश्लेषणात्मक उपन्यास तीन घुम्ती, स्त्री समलैङ्गिक उपन्यास सलिजो र पुरुष समलैङ्गिक उपन्यास अर्धसत्य रहेका छन् । हृदयचन्द्रसिंह प्रधानको लैङ्गिक समस्यामूलक उपन्यास स्वास्नीमान्छेले तत्कालीन समाजको सामाजिक र वर्गीय विभेदका सिकार नारीहरूको मुक्ति, स्वतन्त्रता र समानताको आवश्यकता औंल्याएकाले लैङ्गिक दृष्टिमा सान्दर्भिक र प्रभावकारी बनेको छ । समाज र देशलाई समृद्ध तथा समुन्नत बनाउन लैङ्गिक समानता कायम गर्नुपर्नेे सशक्त तथा सन्तुलित विचार प्रस्तुत गरिएको यो सशक्त उपन्यास बनेको छ । विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्तीमा ‘स्व’ को खोजी र अस्तित्व निर्माणमा सचेत ढङ्गले सक्रिय रहनुपर्ने आग्रह छ । नारीत्व तथा नारीका समाजमनोवैज्ञानिक समस्याहरू उद्घाटित यस उपन्यासमा पितृसत्तात्मक समाजका पुरुषको सोचाइ र व्यवहार तथा उक्त समाजमा नारीत्व र मातृत्वका लागि नारीले भोग्नुपरेका भोगाइको सघन चित्रण गरिएको छ । लैङ्गिक दृष्टिबाट मूल्याङ्कन गर्दा लैङ्गिक समस्या, मनोविज्ञान र सशक्तीकरणको खोजीबाट विद्रोही चेतना भएकी इन्द्रमायाका विविध निर्णयलाई प्राधान्य दिई शीर्षीकरण गरिएकाले यो उपन्यास सान्दर्भिक र उपयुक्त देखिन्छ । शीतविन्दुद्वारा लेखिएको सहयात्री राजनीतिक कथावस्तुलाई केन्द्रीय आधार बनाइएको प्रगतिवादी सामाजिक उपन्यास हो । लैङ्गिक समस्याको विशिष्ट व्याख्या गर्दै पितृसत्तात्मक समाजको अन्त्य गर्नका लागि राजनीतिक परिवर्तनको आवश्यक रहेको जनाइएको सहयात्री समाजवादी उपन्यासका रूपमा स्थापित भएको देखिन्छ । लैङ्गिक हिंसा तथा सामाजिक समस्याको अन्त्य गर्न नारी र पुरुषको समानान्तर राजनैतिक सङ्घर्ष एवम् सामाजिक लैङ्गिक जागरण अनिवार्य हुने अवस्था औंल्याइएको छ । सचेतना र सशक्त विचारसहित दृढ आत्मविश्वास बोकेर समर्पित हुने आग्रह गर्दै समाजको परिवर्तन तथा विकासमा नारी र पुरुषको समानान्तर केन्द्रीय भूमिका हुने देखाइएको छ । पद्मावती सिंहको समानान्तर आकाश नेपाली समाजमा व्याप्त लैङ्गिक समस्याहरू तथा तिनीहरूको समाधानका सन्दर्भलाई सचेत र सशक्त ढङ्गले प्रस्तुत गर्ने लैङ्गिक समानता र सन्तुलनको मुख्य उद्देश्य लिइएको उपन्यास हो । परम्परित पितृसत्तात्मक सामाजिक सङ्कीर्ण मानसिकताका कारण नेपाली समाजका नारीहरूले भोग्नुपरेका लैङ्गिक तथा यौनिक हिंसा, अन्याय र अत्याचारलाई उद्घाटन गर्दै नारीको सशक्तीकरण आवश्यक रहेक जनाइएको छ । नारीमा प्रशस्त क्षमता र सामथ्र्य भए पनि पुरुषको नियन्त्रण तथा अधीनताका कारण क्षमता प्रस्फुटन गर्न नसकेको अवस्थाप्रति सङ्केत गर्दै नारीले लैङ्गिक स्वतन्त्रता, समानता र स्वअस्तित्वका लागि सङ्घर्ष गर्दै सक्षमता कायम गर्नुपर्ने विचार प्रकट गरिएको छ । इन्द्रकुमार श्रेष्ठ ‘सरित्’कोे अर्धसत्य मानव मनका मनोयौनिक अन्तद्र्वन्द्वलाई शिष्टतापूर्वक परिपक्व प्रस्तुतिमा पस्किएर यौनमनोवैज्ञानिक वास्तविकता, असन्तुष्टि, अपेक्षा तथा रिक्ततालाई सफलतापूर्वक चित्रण गर्ने यस उपन्यासलाई लैङ्गिक दृष्टिले हेर्दा लैङ्गिक एवम् यौनिक सशक्तीकरण, सन्तुलन तथा सबलताका सन्दर्भको उठान अपेक्षाकृत रूपमा नगरिएको भए तापनि यौनिक समस्याको विशिष्ट उद्घाटन गरिएको मनोवैज्ञानिक विश्लेषण र मूल्याङ्कनका लागि उपयोगी र प्रभावकारी उपन्यासका रूपमा हेरिएकोे छ । सलिजो उपन्यासकार मोहनराज शर्माको नवीन विचार र प्रयोगको नमुना हो । समलिङ्गी यौनिकता र तेस्रो लिङ्गी समुदायका जीवन व्यवहारलाई उद्घाटन गर्दै तिनीहरूको पक्षपोषण तथा सशक्तीकरणको सोद्देश्यमूलक विचार प्रवाह गर्न लिखित यस उपन्यासमा समयौनिकताका वास्तविक स्रोत, पीडा तथा अवस्थाका साथै त्यसका उपलब्धि एवम् सीमासमेत उठान गरिएकाले अर्थपूर्ण बनेको छ । समभाव, सम्मान, सचेतना, सशक्तीकरण र मूल प्रवाहीकरणलाई उपन्यासकारले औपन्यासिक उद्देश्य एवम् परिणति बनाएकाले यो उपन्यास प्रभावकारी तथा सार्थक बनेको छ । लैङ्गिक चेतना तथा सशक्तीकरणका आधारमा मूल्याङ्कन गर्दा स्वास्नीमान्छेमा लैङ्गिक चेतना र सक्षमता अत्यन्त सबल रहेको छ भने तीन घुम्तीमा लैङ्गिक तथा यौनिक चेतना एवम् सक्षमता उच्च रहेको छ । सहयात्रीमा लैङ्गिक चेतनाको उच्च स्थान रहे पनि सशक्तीकरण र सक्षमता सामान्यतः उपयुक्त छ । समानान्तर आकाशमा लैङ्गिक चेतना एवम् सशक्तता र सक्षमताको उच्च अवस्था छ । अर्धसत्यमा लैङ्गिक तथा यौनिक चेतना र सशक्तता छैन.। सलिजोमा यौनिक चेतना तथा सशक्तताको उच्च स्थिति रहेको छ । यसरी लैङ्गिक तथा यौनिक चेतना र सशक्तीकरण स्वास्नीमान्छे, तीन घुम्ती, समानान्तर आकाश र सलिजोमा उच्च, उपयुक्त छ । सहयात्रीमा लैङ्गिक तथा यौनिक चेतना र सशक्तीकरणको मध्यम स्थिति छ भने अर्धसत्यमा सामान्य अवस्थामा रहेको छ । यौनिकताका आधारमा स्वास्नीमान्छे, सहयात्री, अर्धसत्यमा यौनिक हिंसा, समस्या तथा असन्तुष्टि मात्र रहेका छन् अर्थात् उल्लेख्य यौनिकताका सन्दर्भहरुको सचेतनामूलक आग्रह छैन । तीन घुम्ती, समानान्तर आकाश र सलिजोमा यौनिक चेतना, अपेक्षा तथा सशक्ततालाई महत्त्वका साथ प्रस्तुत गरिएको छ । लैङ्गिकताको भाषाका सन्दर्भमा स्वास्नीमान्छेको भाषा तत्कालीन समाज तथा परिवेशसँग स्वाभाविक भए तापनि लैङ्गिक दृष्टिले सचेत, संवेदनशील तथा सन्तुलित छैन । तीन घुम्तीको भाषा पात्रानुकूल र स्वाभाविक हुनुका साथै लैङ्गिक दृष्टिले संवेदनशील तथा सन्तुलित छ । सहयात्रीमा रहेकोे भाषा आकर्षक र स्वाभाविक छ तर लैङ्गिकताका दृष्टिले अपेक्षित एवम् संवेदनशील बन्न सकेको छैन । समानान्तर आकाशमा प्रयुक्त भाषा स्वाभाविक, सान्दर्भिक तथा सन्तुलित छ । अर्धसत्यको भाषा सुन्दर प्रभावोत्पादक छ तापनि लैङ्गिक दृष्टिले अपेक्षित बन्न सकेको छैन । सलिजोको भाषा लैङ्गिक तथा यौनिक दृष्टिले स्वाभाविक, प्रभावकारी तथा अपेक्षित रहेको छ । यसरी तीन घुम्ती, समानान्तर आकाश एवम् सलिजो उपन्यासमा रहेको भाषाका तुलनामा स्वास्नीमान्छे, सहयात्री एवम् अर्धसत्य उपन्यासमा प्रयुक्त भाषा लैङ्गिक दृष्टिले कम संवेदनशील रहेको छ । स्वास्नीमान्छेमा प्रगतिवादी, स्वच्छन्दतावादी तथा क्रान्तिकारी भावसहित लैङ्गिक विचार, सशक्तीकरण तथा संस्थागत सुधारसम्मका परिणति र सन्देश रहेका छन् यद्यपि ध्वंसात्मक समापन र नाटकीय परिवर्तनले उपन्यासलाई पूर्ण रूपमा सन्तुलित बनाउन सकेका छैनन् । भाषिक पक्ष, भूमिकाका सवाल आदि पनि उपन्यासका सीमा हुन् । तीन घुम्तीमा लैङ्गिक तथा यौनिक अधिकार, स्वतन्त्रता तथा अस्तित्व निर्माणका सघन पक्षको उठान भए पनि व्यक्तिगत तहमा मात्र सीमित हुन र संस्थागत एवम् सामुदायिक क्षेत्रतर्पm निरपेक्ष रहेकाले अपेक्षाकृत सन्तुलन पाइदैन । सहयात्री उपन्यासको परिणति तथा सन्देश प्रगतिवादी, वर्गीय चेतना, लैङ्गिक चेतना, लैङ्गिक सन्तुलनयुक्त सामुदायिक भूमिका सकारात्मक रहे पनि लैङ्गिक चेतना र सशक्तीकरण, सक्षमता अपेक्षाकृत समापन हुन नसक्नाले परिणति खुकुलो बनेको छ । समानान्तर आकाशमा लैङ्गिक चेतना, सक्षमता, परिवर्तन तथा विकासका अवस्था तथा खराब प्रवृत्तिको पश्चात्तापले पनि उपन्यासलाई अपेक्षित एवम् सन्तुलित बनाएका छन् । त्यस्तै औपन्यासिक कला तथा प्रस्तुतीकरणले उपन्यासलाई विचारसङ्ग्रहका रूपमा उभ्याएका छन् । अर्धसत्यमा लैङ्गिक तथा यौनिक दृष्टिले सचेत विचार दिन नसके तापनि मनोयौनिक जटिलतामा केन्द्रित अवस्था देखाइएको छ । सलिजो उपन्यासमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मूलप्रवाहीकरण, सक्षमता, अस्तित्व निर्माण तथा समभावसहित सचेत तथा वैज्ञानिक विचार व्यक्त गरिएकाले सन्तुलित तथा अपेक्षित बनेको छ तर स्वैरकाल्पनिकता तथा प्रस्तुतिगत विवरणात्मकताले यसलाई बढी भावनात्मक तुल्याएको छ । लैङ्गिक अवस्था तथा चेतना एवम् यौनिक सन्दर्भहरू पहिल्याउँदै लैङ्गिक दृष्टिले विश्लेषण तथा मूल्याङ्कन गर्दा समानान्तर आकाश र सहयात्री उच्च स्तरमा, स्वास्नीमान्छे र सलिजो मध्यम स्तरमा, तीन घुम्ती स्तरोन्मुख तथा अर्धसत्य निरपेक्ष उपन्यासका रूपमा रहेको निष्कर्ष प्रस्तुत अध्ययनबाट निकालिएको छ ।en_US
dc.language.isootheren_US
dc.subjectलैङ्गिकताen_US
dc.subjectनेपाली उपन्यासen_US
dc.titleनेपाली उपन्यासमा लैङ्गिक चेतनाen_US
dc.typeThesisen_US
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
33.Dr. Rajendra Khanal.pdf1.94 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.