Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/484
Title: पोषण पाण्डेका कथाको मनोवैज्ञानिक परिप्रेक्ष्य
Authors: भट्टराई आचार्य, कुश्मिला
Keywords: पोषण पाण्डे--कथा
पोषण पाण्डे--कथा--मनोवैज्ञानिक परिप्रेक्ष्य
Issue Date: 30-May-2018
Abstract: पोषण पाण्डेका कथाको मनोवैज्ञानिक परिप्रेक्ष्य शीर्षकमा तयार भएको प्रस्तुत शोध प्रबन्ध आठ परिच्छेदमा विभक्त छ । प्रथम परिच्छेद शोध परिचयका रूपमा रहेको र यसमा शोधको परिचयका साथै शोध समस्या, उद्देश्य तथा शोधको औचित्य स्पष्ट गरिएको छ । शोधको समस्याका रूपमा पोषण पाण्डेको जीवन यात्रा र कथागत मनोवैज्ञानिक परिप्रेक्ष्यका बिचमा के कस्तो सहसम्बन्ध पाइन्छ ? पोषण पाण्डेका कथामा के कस्ता मनोवैज्ञानिक परिप्रेक्ष्यको चित्रण पाइन्छ ? कथाकार पोषण पाण्डेका मनोवैज्ञानिक कथाहरूको संरचना के कस्तो देखा पर्दछ ? नेपाली मनोविश्लेषण कथा परम्परामा पोषण पाण्डेले के कस्तो योगदान पु¥याएका छन् ? जस्ता शोध जिज्ञासा समाधान गर्ने उद्देश्यलाई यहाँ स्पष्ट गरिएको छ । शोधपत्रको दोस्रो परिच्छेदमा पोषण पाण्डेका कथाहरूको मनोवैज्ञानिक परिप्रेक्ष्य उद्घाटन गर्ने सैद्धान्तिक पर्याधार दिइएको छ । यसमा विशेषतः फ्रायडको मनोविश्लेषण सिद्धान्तले स्थापित गरेका मनको सिद्धान्तलाई प्रस्तुत गरिएको छ । फ्रायडले प्रतिपादन गरेका चेतना अवचेतन र अचेतन सम्बन्धी सिद्धान्त, इदं, अहं र उच्च अहंको सैद्धान्तिक मान्यता, स्वप्न सम्बन्धी धारणा आदिलाई विशेषता साथ उल्लेख गरिएको छ । यसरी नै मनोवैज्ञानिक सिद्धान्तका रूपमा एड्लरका सिर्जनात्मक शक्ति, हीनता ग्रन्थि, उच्चताको प्रयास, क्षतिपूर्ति जस्ता सैद्धान्तिक मान्यतालाई प्रस्तुत गरिएको छ । विश्लेषणात्मक मनोविज्ञानका प्रवर्तक सि.जी. युङका अन्तर्मुखी र बहिर्मुखी प्रवृत्ति, मनका प्रकार्यहरूमा एनिमा, एनिमस, पर्सोना, छाया जस्ता ग्रन्थि, सामूहिक अचेतनको सिद्धान्तलाई यहाँ कृति विश्लेषणको सैद्धान्तिक आधारका रूपमा प्रस्तुत गरिएको छ । चौथो, पाँचौँ र छैठौँ परिच्छेदमा पोषण पाण्डेका तिनवटा कथा सङ्ग्रहहरू क्रमशः आ“खीझ्याल, मानस र हिउ“मा परेका डोबहरू सङ्ग्रहको मनोवैज्ञानिक परिप्रेक्ष्यको विश्लेषण गरिएको छ । यी तिनवटा कृतिहरूको विश्लेषण गरेर यिनमा पाइने मनोवैज्ञानिक पक्षका भिन्न भिन्न वैशिष्ट्यलाई उद्घाटन गरिएको छ । पहिलो कथा सङ्ग्रहका रूपमा रहेको आ“खीझ्याल कथा सङ्ग्रहमा नौवटा कथाहरूको मनोवैज्ञानिक परिप्रेक्ष्य केलाउँदा यिनमा विशेषतः नेपाली समाजको विशिष्ट सामाजिक सांस्कृतिक परिवेशमा घटित हुने मनोधरातललाई सूक्ष्मता साथ प्रकट गरेको पाइन्छ । श्रीमान्, श्रीमती, दिदी, बहिनी, साली, भेना, शिक्षक, विद्यार्थी, विधवा, युवा, युवती आदिका सामाजिक सम्बन्धले तिनका मनमा सिर्जित हुने यौन कुण्ठा, लैङ्गिक, ईष्र्या, शङ्का, घृणा, आकर्षण, विकर्षण, हीनता, उच्चता, स्वपीडन, परपीडन जस्ता मनोवैज्ञानिक परिप्रेक्ष्य उद्घाटित हुन पुगेको देखिन्छ । दोस्रो सङ्ग्रहका रूपमा रहेको मानस कथा सङ्ग्रहका नौवटा कथाहरूमा विशेषतः सांस्कृतिक सम्बन्धबाट सिर्जित मनोवैज्ञानिक स्थिति वा अवस्थाको विश्लेषण हुन पुगेको छ । भिन्न भिन्न वर्ग, लिङ्ग, उमेर र व्यवसायका मानिसमा संस्कृतिले पार्ने प्रभावले मानसिक त्रास, औत्सुक्य, निराशा, हतास, यौन कुण्ठा, हीनता, उच्चता, अपराध बोध आदि पक्ष यस सङ्ग्रहका कथामा विश्लेषित हुन पुगेका छन् । यस किसिमको मनोवैज्ञानिक अवस्था सिर्जना हुनमा नेपाली समाजमा विद्यमान सनातन हिन्दु संस्कृति र रुढिगत मूल्य मान्यताको विशेष प्रभाव रहेको देखिन्छ । तेस्रो सङ्ग्रहका रूपमा रहेको हिउ“मा परेका डोबहरूमा सङ्गृहीत चौधवटा कथाहरू मानवीय अस्तित्वसँग जोडिएका देखिन्छन् तथापि यिनमा अस्तित्व बोधले सिर्जना गरेका मनोवैज्ञानिक पक्षहरू विश्लेषित भएका छन् । यी कथाहरूमा मानवीय आकांक्षा, नियति, अभाव, स्वबोध आदिले सिर्जना गरेका सुख, दुःख, नैराश्य, निरर्थकता, हीनता, कुण्ठा आदि मानसिक पक्ष प्रकट हुन पुगेका छन् । यस सङ्ग्रहका कथाहरूमा विशेषतः मानवीय स्वत्व बोध र जिजीविषाका विषयलाई प्रस्तुत गरिए पनि यिनमा व्यक्त मनोवैज्ञानिक पक्षलाई यहाँ विश्लेषण गरिएको छ । पोषण पाण्डेका तिनवटा कथा सङ्ग्रहहरूका मनोवैज्ञानिक परिप्रेक्ष्यको विश्लेषणबाट उनका कथामा प्रक्षेपित भएको उनको व्यक्तित्व र कथागत सह सम्बन्धलाई सातौँ परिच्छेदमा विश्लेषण गरिएको छ । विशेषतः काठमाडौँली समाजका सामाजिक, सांस्कृतिक, आर्थिक, नागर परिवेश र पाण्डेको पारिवारिक पृष्ठभूमि तथा जागिरे जीवनबाट प्राप्त अनुभूति र भोगाइहरू नै उनका कथामा प्रक्षेपित भएको तथ्य निष्कर्षण गरिएको छ । यिनका समग्र कथाहरूको मनोवैज्ञानिक विश्लेषणबाट पाण्डे मूलतः मनोवैज्ञानिक कथाकार र अंशतः सामाजिक तथा अस्तित्ववादी कथाकार रहेको निष्कर्ष निकालिएको छ । यस शोधकार्यबाट निष्कर्षका रूपमा प्राप्त भएका पोषण पाण्डेका कथागत मनोवैज्ञानिक वैशिष्ट्यलाई निम्नलिखित बुँदामा समेटिएको छ । (क) पोषण पाण्डेका कथाहरूमा उनको वैयक्तिक जीवन, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था तथा सामाजिक परिवेशले मनोवैज्ञानिक प्रभाव सिर्जना गर्न भूमिका खेलेको देखिन्छ । (ख) पोषण पाण्डेका कथाहरूमा नेपाली समाजको विशिष्ट सामाजिक सांस्कृतिक परिवेशजन्य विभिन्न उमेर, वर्ग, व्यवसाय आदिका पात्रहरूको सूक्ष्मतम मनोदशाको विश्लेषण भएको पाइन्छ । (ग) पोषण पाण्डेका कथागत प्रवृत्तिका रूपमा देखिए पनि त्यो सामाजिक यथार्थ गौण स्तरमै छ र मुख्य रूपमा मानवीय मनोजगत्का यौन, इदं, अहं र उच्चअहं बिचको द्वन्द्व, विभिन्न ग्रन्थिको उद्घाटन, बाल मनोविज्ञान, अन्तर्मुखी, बहिर्मुखी प्रवृत्ति जस्ता पक्ष नै प्रबल रहेका छन् । (घ) पोषण पाण्डेले नेपाली मनोविश्लेषणात्मक कथा परम्परामा नेपाली सामाजिक विशिष्टताले युक्त पात्रीय मनोजगत्लाई विश्लेषण गर्दै सूक्ष्म आख्यान हुँदै क्षीण आख्यानतर्पm अभिमुख नवीन शील्पशैलीले युक्त कथाहरू सिर्जना गरेका छन् । (ङ) पोषण पाण्डेले विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले आदिद्वारा प्रवर्तित र प्रवद्र्धित मनोवैज्ञानिक कथा परम्परामा क्षीण कथानक एवं अकथात्मक शिल्प प्रविधियुक्त कथाहरू सिर्जना गरेर पात्रका सामान्य मनोदशा विश्लेषण उद्घाटन गर्ने किसिमका कथाका माध्यमबाट नेपाली मनोवैज्ञानिक कथामा विशेष योगदान पु¥याएका छन् ।
Description: त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली विषयमा विद्यावारिधि (पिएच.डी.) उपाधिका लागि प्रस्तुत शोध प्रबन्ध
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/484
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
39- Dr. Kusmila.pdf1.37 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.