Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/54
Title: दोस्रो भाषाका रूपमा गुुरुङ मातृभाषी विद्यर्थीको नेपाली सिकाइ
Authors: खनिया, बुदु्ध राज
Keywords: Study and teaching - Nepali language
Issue Date: 15-Dec-2017
Abstract: नेपाल बहुभाषी एवम् बहु जातीय देश हो । यहाँ भाषिक तथा जातीय विविधता पाइन्छ । वि.सं. २०६८ को जन गणना अनुसार नेपालमा १२६ जातजाति र १२३ भाषा प्रयोगमा छन् । नेपालका अधिकांश मातृभाषीले नेपालीलाई दोस्रो भाषाका रूपमा सिक्दछन् । यस अध्ययनमा दोस्रो भाषाका रूपमा नेपाली सिक्ने मातृभाषीहरुमध्येबाट गुरुङ मातृभाषीलाई लिइएको छ । यस अनुसार दोसेस्रा्रो भाषाका रूपमा गुरुुरुङ मातृभृभाषी विद्य् ार्थीर्कको नेपेपाली सिकाइ शीर्षकमा यो अध्ययन गरिएको हो । दोस्रो भाषाका रूपमा नेपाली सिक्ने गुरुङ मातृभाषी विद्यार्थीको घर परिवार, समुदाय तथा विद्यालयको सिकाइ परिवेश एवम् कक्षागत शिक्षण सिकाइ कस्तो छ र उनीहरुले कस्तो नेपाली प्रयोग गर्दछन् भन्ने मुख्य अनुसन्धान प्रश्नका आधारमा यो अध्ययन गरिएको हो । यो अनुसन्धान गर्नका लागि लमजुङ जिल्लाबाट बहुल गुरुङ भाषी समुदायको रूपमा पसगाउँ गाविसको सिङ्दीलाई र मिश्रित समुदायको रूपमा बेसी सहर नगर पालिकाको चिसापानीलाई छनोट गरेँ । पसगाउँ गाविसबाट हिमालय मावि र बेसी सहर नगर पालिकाबाट कालिका मिलन माविका पाँच कक्षामा अध्ययनरत बा¥ह जना विद्यार्थी, उनीहरुका अभिभावक, समुदाय र सहपाठी, सोही कक्षामा पठन पाठन हुने नेपाली, सामाजिक, विज्ञान र गणित विषयका सात जना शिक्षक छनोट गरेँ । त्यसपछि उनीहरुको घर, समुदाय र विद्यालयको नेपाली सिकाइ परिवेश र कक्षागत शिक्षण सिकाइको अवलोकन गरेर, विद्यार्थी, शिक्षक र अभिभावकसँग अन्तरवार्ता गरेर, समुदाय र सहपाठीसँग समूह छलफल गरेर, निर्धारित विद्यार्थीलाई विभिन्न विषय र ढाँचामा स्वतन्त्र रूपले मौखिक र लिखित अभिव्यक्ति दिन लगाएर र विद्यालयका अभिलेखका आधारमा आवश्यक सूचना एवम् तथ्यहरु सङ्कलन गरेँ । सङ्कलित तथ्यहरुका आधारमा गुरुङ मातृभाषी विद्यार्थीको घर परिवार, समुदाय तथा विद्यालयको नेपाली सिकाइ परिवेश, कक्षागत शिक्षण सिकाइ, नेपाली उच्चारण, शब्द भण्डार, वाक्य रचना र अभिव्यक्तिको व्याख्या, विश्लेषण र छलफल गरी निष्कर्ष निकालेको छु । गुरुङ मातृभाषी विद्यार्थीको घर परिवार तथा समुदायमा प्रयोग हुने मुख्य भाषा गुरुङ भाषा हो । नेपाली सिकाइका लागि उनीहरुको घर परिवार तथा समुदाय त्यति अनुकूल देखिँदैन । उनीहरुले मुख्यतः विद्यालयबाट नेपाली सिकेको पाइन्छ । बहुल समुदायको तुलनामा मिश्रित समुदायका विद्यार्थीले भने आफ्नो घर परिवार र समुदायबाट पनि केही रूपमा नेपाली सिकेको पाइन्छ । गुरुङ मातृभाषी विद्यार्थीको नेपाली प्रयोग (उच्चारण, शब्द भण्डार, वाक्य रचना र अभिव्यक्ति) मा घर परिवार, समुदाय तथा विद्यालयको सिकाइ परिवेश र कक्षागत शिक्षण प्रव्रिmयाको प्रबल प्रभाव परेको देखिन्छ । गुरुङ मातृभाषी विद्यार्थीको अकार – आकार र विभक्ति लागेका सर्वनामको उच्चारणमा मौलिक विशेषता पाइन्छ भने घोष – अघोष, महाप्रण – अल्पप्राण, य, ह, भूतकालिक क्रियापद आदिको उच्चारणमा कथ्य नेपालीको प्रवृत्ति पाइन्छ । शब्द भण्डारमा गुरुङ मातृभाषी विद्यार्थीले सबै खालका शब्दवर्गको प्रयोग गरेको पाइन्छ । उनीहरुले एकदेखि पाँच अक्षरसम्म भएका शब्द प्रयोग गरेको देखिन्छ । त्यस्तै मानव र मानवीय अङ्ग, नाता, पेसा, जात, घरायसी वस्तु, भूगोल, मौसम, कृषि, शिक्षा जस्ता विविध विषय क्षेत्रका शब्द प्रयोग गरेको पाइन्छ । त्यसै गरी पर्यायवाची, विपरीतार्थी, समावेशी, अनेकार्थी शब्द प्रयोग गरेको देखिन्छ । वाक्य रचनामा गुरुङ मातृभाषी विद्यार्थीले दुबै लिङ्ग र वचन जनाउने कर्तासँग एउटै ओकारान्त भूतकालको क्रियापद प्रयोग गरेको पाइन्छ । पुरुष र आदरमा कतै सङ्गति मिलाएको पाइन्छ त कतै सङ्गति मिलाएको पाइँदैन । उनीहरुले सबै लिङ्ग, वचन र आदर जनाउने विशेष्य र भेद्यसँग एउटै ओकारान्त विशेषण र भेदक प्रयोग गरेको पाइन्छ । नाम र सर्वनामको मिश्रित प्रयोग गरेको देखिन्छ । नाम र कोटिकरको सङ्गतिमा सङ्क्रमणको स्थिति पाइन्छ । गुरुङ मातृभाषी विद्यार्थीले सरल र जटिल संरचना भएका वाक्यहरु प्रयोग गरेको देखिन्छ । गुरुङ मातृभाषी विद्यार्थीले सामान्यतया विधागत ढाँचा अनुरूप लिखित अभिव्यक्ति दिएको पाइन्छ । कतिपय अभिव्यक्तिमा शृङ्खला टुटेको, सूचनाहरु छुटेको, विषयहरु छासमिस रूपमा प्रस्तुत गरेको देखिन्छ । तर पनि उनीहरुले प्रस्तुत गरेका सूचनाका आधारमा अन्विति अनुमान गर्न सकिन्छ । गुरुङ मातृभाषी विद्यार्थीको नेपाली प्रयोगमा घर परिवार, समुदाय तथा विद्यालयको नेपाली सिकाइ परिवेश तथा कक्षागत शिक्षण सिकाइको प्रभाव परेको पाइन्छ । त्यस्तै उनीहरुको प्रयोगमा मातृभाषा एवम् स्थानीयताको प्रभाव पनि कायमै देखिन्छ
Description: नेपाली शिक्षा विषयमा विद्या वारिधि उपाधिका लागि प्रस्तुत शोेध प्र्रबन्ध त्रिभुवन विश्व विद्यलय, शिक्षाशास्त्र सङ्काय, डिनको कार्र्यालय, कीर्र्तिपुर, काठमाडाँै ँै २०७१
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/54
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
Final PhD, PDF.pdf3.23 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.