Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/200
Title: तराई दलित समुदायका चिडिमार जातिको सामाजिक–सांस्कृतिक अध्ययन
Authors: काफ्ले, डोलराज
Keywords: नेपाल
चिडिमार जाति
Issue Date: 25-Mar-2019
Abstract: नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो । भौगोलिक विविधता पनि यहाँको विशेषता हो । विविधतामा एकता र सहिष्णुता नेपाली समाजको पहिचान बन्दै आएको छ । प्रस्तुत अनुसन्धान चिडिमार जातिसँग सम्बन्धित छ । चिडिमार जातिका मानिसहरू मध्यपश्चिम तराईको बाँके जिल्लामा सबैभन्दा बढी सङ्ख्यामा बस्दै आएका छन् । यस अनुसन्धानको शीर्षक ‘तराई दलित समुदायका चिडिमार जातिको सामाजिक–सांस्कृतिक अध्ययन’ रहेको छ । चिडिमार तराईको एउटा दलित, पिछडिएको जाति हो । यस जातिका मानिसहरूले केही समय अगाडिसम्म पनि चराचुरुङ्गी समातेर÷मारेर जीवन निर्वाह गर्दै आएका थिए । यो जाति स्थानीय समाजबाट निकै बढी शोषित, पिडित रहदै आएको र सिङ्गो नेपाली समाजमा आफ्नो सामाजिक–सांस्कृतिक अस्तित्व कायम राख्न सङ्घर्ष गर्दै आएको छ । अवधी भाषामा चरालाई ‘चिडी’ भनिन्छ । त्यही चिडी मारेर जीवन निर्वाह गर्दै आएको हुनाले यस जातिलाई ‘चिडिमार’ भनिएको हो । वि.सं.२०६८ सालको जनगणनानुसार नेपालमा यस जातिको कुल सङ्ख्या १२५४ रहेको छ । चिडिमार आर्थिक रुपले विपन्न, सामाजिक रुपले राष्ट्रिय मूलप्रवाहमा आउन नसकेको, कानुनी रुपले राष्ट्रको कानुनबाट समेत अनभिज्ञ रहेको, शैक्षिक क्षेत्रमा पनि पिछडिएको जाति हो । यस जातिका मानिसहरू राज्यका सरकारी निकायमा रोजगारीका लागि प्रवेश गर्न सकेका छैनन् । वर्तमान समयमा रिक्सा चलाउने, ज्याला मजदुरी गर्ने, ठेला गाडा चलाउने जस्ता काम गरी जीवन यापन गर्दै आएका छन् ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/200
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
cover Page.pdf99.2 kBAdobe PDFThumbnail
View/Open
Approval Letter (Final Viva).pdf211.58 kBAdobe PDFThumbnail
View/Open
Chapter 1.pdf314.14 kBAdobe PDFThumbnail
View/Open
Chapter 2.pdf392.55 kBAdobe PDFThumbnail
View/Open
chapter 4.pdf359.51 kBAdobe PDFThumbnail
View/Open
chapter 5.pdf299.5 kBAdobe PDFThumbnail
View/Open
chapter 7.pdf89.74 kBAdobe PDFThumbnail
View/Open
bibliography.pdf107.74 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.