Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/505
Title: असमेली नेपाली कविताका प्रवृत्ति
Authors: दैवकी देवी
Keywords: नेपाली कविता
Issue Date: 28-Mar-2019
Abstract: ‘असमेली नेपाली कविताका प्रवृत्ति’ शीर्षकको प्रस्तुत शोध प्रबन्ध दस परिच्छेदमा विभक्त छ । असमेली कविताका मुख्य प्रवृत्ति के हुन् भन्ने समस्यामा केन्द्रित यस शोधकार्यमा असमेली नेपाली कविता लेखनको पृष्ठभूमि के कस्तो रहेको छ, असमेली कविताको विकासका चरण, उपचरण के कस्ता छन् र ती चरण उपचरणका प्रतिनिधि कवि र तिनका काव्यका मूलभूत प्रवृत्ति के कस्ता छन् भन्ने समस्यालाई प्रस्तुत गरेर तिनको प्राज्ञिक समाधान गर्ने उद्देश्य राखिएको छ । पहिलो परिच्छेदमा यिनै प्राज्ञिक जिज्ञासा, तिनको उद्देश्य, शोधकार्यको औचित्य, महइभ्व, शोधकार्यको विधि र सीमा जस्ता पक्ष समावेश गरिएका छन् । शोध प्रबन्धको दोस्रो परिच्छेदमा कविता विधाको सैद्धान्तिक स्वरूप र विश्लेषणको सिद्धान्तको परिचय दिइएको छ । असमेली कविताको विश्लेषण मुख्य कार्य भएको हुँदा कविताको परिचय, परिभाषा र वर्गीकरण गर्दै कविता विधाका रूपमा स्थापित विषयवस्तु ( भाव, विचार, कथावस्तु , पात्र वा सहभागी, परिवेश, उद्देश्य, दृष्टिविन्दु, भाषा, अलङ्कार, बिम्ब, प्रतीक, लयविधान जस्ता तइभ्वहरूलाई काव्य विश्लेषणको तइभ्वका रूपमा ग्रहण गरेर तिनको परिचय दिइएको छ । तेस्रो परिच्छेदमा शोधकार्यको क्षेत्रका रूपमा रहेको असमको भौगोलिक परिचय, जातीय बसोबास, संस्कार, संस्कृति, नेपालीहरूको प्रवेशका कारणहरू जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । भारतको उत्तर पूर्वाञ्चलमा रहेको वर्तमान असम पुरानू वृहत्तर असमको पछिल्लो राजनीतिक भूभागका रूपमा रहेको र यस भौगोलिक क्षेत्रमा नेपालीहरू ऐतिहासिक, राजनैतिक, आर्थिक, फौजी सेवा, औद्योगिक मजदूरी, कृषि तथा गौपालन जस्ता कारणबाट बसोबास गर्न पुगेको तथ्य निष्कर्षका रूपमा दिइएको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/505
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
Cover.pdf123.93 kBAdobe PDFThumbnail
View/Open
Chapter-1.pdf119.82 kBAdobe PDFThumbnail
View/Open
Chapter-2.pdf115.04 kBAdobe PDFThumbnail
View/Open
Chapter-3.pdf174.37 kBAdobe PDFThumbnail
View/Open
Chapter-4.pdf163.21 kBAdobe PDFThumbnail
View/Open
Chapter-5.pdf163.6 kBAdobe PDFThumbnail
View/Open
Chapter-6.pdf254.99 kBAdobe PDFThumbnail
View/Open
Chapter-7.pdf283.26 kBAdobe PDFThumbnail
View/Open
Chapter-8.pdf373.3 kBAdobe PDFThumbnail
View/Open
Chapter-9.pdf629.59 kBAdobe PDFThumbnail
View/Open
Chapter-10.pdf73.14 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.