Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/172
Title: किरात साम्पाङ राई जातिका संस्कार र तिनका परिवर्तित स्वरुप
Authors: राई, खगेन्द्र बहादुर
Keywords: ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, तामाङ, शेर्पालगायत कामी, दमाई, सार्की, सुनार
Issue Date: 25-Mar-2019
Abstract: भौगोलिक बनावट अनुसार नेपालको हावापानीमा विविधता छ । यस्तै यहाको जातीय संरचना हेर्दा यहाँ ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, तामाङ, शेर्पालगायत कामी, दमाई, सार्की, सुनार जस्ता व्यवसायिक समुदायहरु पनि रहेका छन् । वि.सं. २०५८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार नेपालमा १०३ जातिहरु बसोबास गर्छन् । यिनै जातीय समूहमा पर्ने एक जनजाति किरात राई समुदायभित्र पर्ने एक जनजातिको रुपमा देखिएका साम्पाङ राई जाति पनि एक जनजाति हो । गाउँघरका बुढापाका, कुबीमी, तायमीहरुको भनाइअनुसार नेवला, थारुहँ, बजिहँ, हँचुरबेँसी, दिक्तेल हुँदै आफ्नो ‘खुवालुङ–खोकलुङ’ खोज्दै आउने क्रममा हालको वासपानी गाविस वडा नम्बर ९ खोक्मामा आजभन्दा ४२–४३ पुस्ता अगाडिका ‘खिलुङ्मी लंगुङ्मी’ नामक पहिलो पुर्खा नै साम्पाङ हुन् भनी विश्वास गरिँदै आएको छ । यही स्थानबाट अन्यत्र फैले क्रममा यिनीहरु हाल विशेषगरी खोटाङ, भोजपुर, उदयपुर, इलाम, सुनसरी, झापा लगायत विभिन्न भागहरुमा छरिएका हुन् । विदेशी मुलुक भारतको सिक्किम, दार्जिलिङ, सिलाङ, मणिपुर, भूटान, बर्मा, बेलायतलगायतका देशहरुमा समेत बसोबास गर्दै छन् । किरात साम्पाङ राई जनजातिको धार्मिक मान्यताअनुसार संसारमा मानवलगायत यो सम्पूर्ण ब्राह्माण्डको उत्पत्ति उनै परम पुर्खा सुम्निमा र पारुहाङले गरेका हुन् भनी विश्वास गर्दछन् । यिनै सुम्निमा र पारुहाङका अतिरिक्त साम्पाङ राईहरु आफ्ना मृत पुर्खा, पितृहरुलाई पनि प्रमुख इष्टदेवको रुप मानी आफ्नै घरमा रहेको तीन चुल्होलाई वार्षिक र समयअनुसार पूजा गर्ने गर्दछन् । यसरी उत्पत्तिकालका पहिलो पुर्खा सुम्निमा र पारुहाङ भए पनि आफ्नो जातिगत मान्यताका विभिन्न प्रथा, परम्परा, संस्कार, संस्कृति, मूल्यमान्यताहरु स्थापना गरी आफूहरुलाई आधुनिकतातर्फ उन्मुख गराउने पुर्खा भने सुम्निमा र पारुहाङका पछिल्लो पुस्ता तँमा, खेमा र खचुलुप्पालाई मान्ने गरेको पाइन्छ । यिनीहरुले नै मानव निर्वाहका लागि खेतीपाती, विभिन्न शिपकला, संस्कारगत मान्यताका कुराहरुको सृजना गरेर आफ्ना सन्ततिलाई आधुनिकतातर्फ उन्मुख गराएका हुन् भनिन्छ । प्राकृतिक धर्ममा विश्वास गर्ने मानिएको यो समाजमा उनीहरुको आफ्नै आस्था र विश्वास पाइन्छ । आफ्नो धर्मको प्रमुख प्रतीकको रुपमा तीन चुल्हो मानिए पनि भूमि, नागनगेनी, खोलानाला, डाँडा, भीरपहरा, आगो जस्ता प्राकृतिक वस्तुहरु सवैलाई आफ्नो खष्ष् धार्मिक आस्थाको प्रतीक मानेर पूजा गर्दछन् । उनीहरुमा मूर्ति पूजाको मान्यता र विश्वास पाइँदैन । उनीहरुको धार्मिक तथा संस्कारगत कार्यहरु सम्पन्न गर्ने काउले कुवी (सेलाम्पा), नागरे कुवी (धिरिम्पा) र साखेवा कुवी (मुक्तिमी) गरी तीन प्रकारको कुवी (धामी)हरु हुन्छन् । चाडपर्वहरुमा साम्पाङहरु आफ्नो मुख्य चाडको रुपमा उभौली तथा उधौली मान्ने गर्दछन् । वैशाखे पूर्णिमाबाट सुरु हुने उभौली चाडलाई खेतीपाती सुरुवातको समय मानेर साखेवा थानमा भूमि÷धरती र नागनगेनीको पूजा गरी साकेला सिली नाचेर मनाउँछन् भने आफूहरुको प्रार्थनालाई सुनेर भूमि÷धरती र नागनगेनीले खेतीपातीबाट उब्जनी गराइदिएको विश्वासमा मंसिरे पूर्णिमादेखि उधौली चाडको रुपमा मनाउँछन् । यस्ता चाडहरुमा कुवीले पुर्खाहरुको सम्झनामा तीन चुल्हो, भूमि र नागनगेनीको पूजा गर्ने गर्दछन् । यो चाडमा साखेवा थान (पूजास्थल)मा विशेष पूजा हुने गर्दछ । जहाँ भूमि, नागनगेनी र सखेवालुङ (अण्डाकारको ढुङ्गा)को पूजा हुन्छ । यो समयमा पूजा गरिने सखेवालुङलाई आगामी समयको भविष्यवाणी विचार गर्ने प्रमुख संकेतको रुपमा हेरिन्छ । यसअतिरिक्त उनीहरुमा दशंै, तिहार, माघे संक्रान्ति, चैते दशंै, साउने संक्रान्ति पनि मान्ने चलन देखिन्छ । जन्मपछि गरिने संस्कारहरुमा न्वारन, पास्नी, छेवार र गुन्यूचोली रहेका छन् । यी संस्कारहरु छोराको भए जोडी समय (६ दिन, ६ महिना, ६ वर्ष तथा छोरीको भए विजोडी समय (५ दिन, ५ महिना, ५ वर्ष को समयमा गर्ने परम्परा देखिन्छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/172
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
1. Cover.pdf23.59 kBAdobe PDFThumbnail
View/Open
2. Promise & Gratitude.pdf62.7 kBAdobe PDFThumbnail
View/Open
3. Content.pdf35.45 kBAdobe PDFThumbnail
View/Open
4. Front Map.pdf442.93 kBAdobe PDFThumbnail
View/Open
Chap-1.pdf154.24 kBAdobe PDFThumbnail
View/Open
Chap-2.pdf148.48 kBAdobe PDFThumbnail
View/Open
Chap-3.pdf317.54 kBAdobe PDFThumbnail
View/Open
Chap-4.pdf190.53 kBAdobe PDFThumbnail
View/Open
Chap-5.pdf302.28 kBAdobe PDFThumbnail
View/Open
Chap-6.pdf532.74 kBAdobe PDFThumbnail
View/Open
Chap-7.pdf188.27 kBAdobe PDFThumbnail
View/Open
Chap-8.pdf169.45 kBAdobe PDFThumbnail
View/Open
Index 20 Pictures.pdf255.85 kBAdobe PDFThumbnail
View/Open
Index 21.pdf3.67 MBAdobe PDFThumbnail
View/Open
Index 2+19.pdf2.36 MBAdobe PDFThumbnail
View/Open
Reference.pdf61.19 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.